सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने
काठमाडौँ । सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ सो भेला आयोजना गर्ने घोषणा गरेका हुन् ।
आइतबार काठमाडौंमा आयोजित ‘महिला उद्यमीहरुको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दै उनले ग्रामिण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरुका महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्न लागिएको पनि स्पष्ट पारे ।
‘महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यकता छ,’ मन्त्री गुरुङले भने, ‘ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्ष भित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी आवश्यक ठोस नीति तय गर्नेछ ।’ उनले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघ, संस्थाहरुलाई पनि ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सचेत गराए ।
मन्त्री गुरुङले उद्यमशीलताको माध्यामबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको पनि बताए ।
उनले महिलाहरुलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिवद्धता पनि जनाए ।
हाल संचालनमा रहेका संघ, संस्थाहरुले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेपनि त्यसले अपेक्षित नतिजा नदिएकाले सरकारले नयाँ ढगबाट काम गर्न चाहेको मन्त्री गुरुङको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण