गुल्मीमा स्मार्टफोन टावरमा आगजनी
गुल्मी । अज्ञात समूहले गुल्मीमा स्मार्टफोनको टावरमा आगजनी गरेको छ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत धुर्कोट रजस्थलमा रहेको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिङ खड्काले बताए ।
आइतबार राति करिब ११ बजेको समयमा आगजनी भएको वस्तु प्रहरी चौकीले जनाएको छ । आगलागीबाट टावरको ओडी बक्स पूर्णरूपमा जलेका कारण त्यस क्षेत्रमा स्मार्टफोनको नेटवर्क अवरुद्ध बनेको छ ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि सोमबार बिहान वस्तु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लोकमान ताम्राकारको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगी घटना प्रकृतिबारे थप अनुसन्धान गरी फर्किसकेको छ । विगत पाँच वर्षदेखि धुर्कोटको कोट नजिकै रहेको स्थानीयवासी कमल थापाको बारीमा स्मार्टफोनको टावर सञ्चालनमा रहेको थियो ।
स्मार्टफोनको टावरमा आगजनी भए पनि त्यस नजिकै रहेका अन्य सञ्चारमाध्यमका टावर तथा सञ्चार उपकरणमा भने कुनै क्षति नभएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
चन्दका जिल्ला सदस्य पक्राउ
गुल्मीमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् ।
आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काले बताए ।
विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासमा हिरासतमा राखिएको छ । पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधिमाथि निगरानी बढाइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण