मेगा बैंकबाट पर्सामा आँखा शिविर, सयौं लाभान्वित
सोमबार, १३ माघ २०७६, १९ : १५
पर्सा– मेगा बैंक नेपाल लिमिटेडले पर्सामा आयोजना गरेको आँखा शिविरबाट सयौं सर्वसाधारण लाभान्वित भएका छन् ।
नेपाल नेत्र ज्योति संघ, रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल र लायन्स क्लव अफ वीरगञ्ज मिलेनियमसँगको सहकार्यमा मेगा बैंकले पर्सा जिल्लाको बेल्वामा निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।
शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका थिए । जसमध्ये एक सय जनामा रतन्धो भेटिएको थियो । त्यसमध्ये केही बिरामीको शिविरमै निःशुल्क शल्यक्रिया गरिएको थियो ।
नेपालकै अग्रणी बैंकको रुपमा स्थापित मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण