समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै
काठमाडौँ । राष्ट्रियसभा चुनावको समीक्षासहित संसदमा प्रस्तुत लगायतको विषयमा छलफल गर्न समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा केही बेरमा बस्न लागेको बैठकमा चालु संसद बैठकमा समाजवादी पार्टीको भूमिका र हालै सम्पन्न राष्ट्रियसभा चुनाव लगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका मुख्य सचेतक उमाशंकर अरगरियाले बताए ।
सरकारबाट बाहिरिने विषयमा छलफल गर्न यसअघि पुस ७ गते संसदीय दलको बैठक बसेका थियो ।
राष्ट्रियसभा चुनावमा प्रदेश २ मा काँग्रेससँग चुनावी तालमेल गरेको समाजवादी–काँग्रेसले एउटा पनि सीट जित्न सकेन । नेकपाले सभामुख पाएपछि प्रतिपक्ष दल अथवा नेकपाबाहेक अन्य कुनै पनि दलले उपसभामुख लिन सकिने प्रावधान रहेको छ ।
समाजवादी पार्टीले पनि उपसभामुखका लागी पनि दाबी गरेको छ । तर नेकपाले समाजवादी पार्टीलाई नदिने सम्भावना धेरै रहेको छ । नेकपाले उपसभामुखको बारेमा काँग्रेस र राजपासँग छलफल गरिरहेको छ ।
प्रतिनिधिसभाले सभामुख आइसकेपछि संसद नियमित चल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण