काठमाडौंको धापासीमा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम
बुधबार, १५ माघ २०७६, १८ : ५१
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए ।
स्थानीय व्यवसायी एवं बुद्धिजीविहरुको सहभागिता रहेको कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण