बुर्किनाफासोमा दर्दनाक नरसंहार : ३९ जना मारिए
एजेन्सी । बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । ‘सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएका छन्, उनीहरुले नै ३९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्, विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेका थिए,’ सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्डजीनौद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
देशको उत्तरी सौम प्रान्तमा गत शनिबार घटना भएको बताइएको छ । घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ । आक्रमणकारीहरुले गाउँका पुरुषहरुलाई छोपीछोपी हत्या गरेको र महिलाहरुलाई गाउँ छाड्न आदेश दिएको स्थानीयवासीले बताएका छन् । उनीहरुले ५० भन्दा बढी मारिएको बताएका छन् ।
घटना हुने वित्तिकै सुरक्षाकर्मीहरु गाउँमा पस्न पनि सकेका थिएनन् । आक्रमणकारीहरुको अवरोधका कारण उनीहरु पुग्न नसकेको बताइएको छ । जिहादीहरुका कारण बुर्किन फासोमा अहिलेसम्म ८०० भन्दा बढी नागरिकको हत्या भएको छ भने ६ लाख भन्दा बढी विस्थापित भएका छन् । फुर्किन फासोमा सन् २०१५ देखि जिहादीहरुले हिंसा शुरु गरेका हुन् । Photo: saudi gazette/AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण