कोरोना भाइरस महामारी विरुद्धको अभियानमा चिनियाँ सेना, राष्ट्रपति सीले दिए यस्तो निर्देशन
बुधबार, १५ माघ २०७६, २३ : ०६
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनालाई कोरोना भाइरस महामारी विरुद्धको लडाई जित्ने अभियानमा खट्न निर्देशन दिएका छन् । राष्ट्रपति सीले यो जिम्मेवारीलाई मन मस्तिस्कमा राखेर अभियानमा होमिन समेत निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति सीले जनमुक्ति सेनालाई उक्त निर्देशन दिएका हुन् ।
उनले नोबल कोरोना भाइरसका कारण निमोनियाको प्रकोप बढेको र त्यसलाई रोक्न र नियन्त्रण गर्न चिनियाँ सेना मजबुत रहेका समेत बताएका छन् । सी, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् ।
केही हप्ता अघिदेखि चीनमा कोरोना भाइरसको महामारी फैलिएको छ । चीनबाट फैलिएको सो महामारी अहिले विश्वको थुप्रै देशहरुमा समेत देखिन थालेको छ । चीन अहिले उक्त महामारीलाई नियन्त्रण गर्ने अभियानमा खटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण