सूर्यविनायक नगरपालिकाको नयाँ भवनः अपाङ्गमैत्री, स्तनपानकक्षसहितको हुने
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी दुई वर्षभित्रमा अत्याधुनिक भवन निर्माण गर्ने भएको छ ।
विहीबार कटुन्जेमा भवनको शिलान्यास गर्दै नगरप्रमुख बासुदेव थापाले नगरपालिकाको भवन अत्याधुनिक र सेवाग्राहीमैत्री हुने जानकारी दिए ।
नगरप्रमुख थापाले आफू निर्वाचित भएदेखिनै नगरपालिकाको भवन निर्माणलाई पहिलो प्राथमिकता राखेको तर, केही प्राविधीक कारणले ढिला भएको बताए ।
कटुन्जे निर्माण हुने भवन ६ रोपनी ११ आना जग्गा रहेको छ । ८ हजार ८ सय १० वर्गफिट क्षेत्रफल ओगट्ने भवन चार तल्ला आधाको हुनेछ । २ सय १० जना क्षमता भएको सभा हल र ८० जना क्षमता भएको बैठक हल र ४८ वटा कोठा भवनमा रहने प्रमुख थापाले जानकारी दिए ।
सो भवन पूर्णसेवाग्राही मैत्री हुनका साथै २ वटा लिफ्ट समेत हुनेछ । प्रशासन, बैठक हल, कार्याक्रम हल, शौचालय, स्तनपानकक्षलगायतका संरचना भवनमा हुनेछन् ।
उपत्यकामा पार्किङ्गको समस्या धेरै हुने भएकाले एक साथ १ सय सवारी साधन अण्डरग्राण्ड र अर्को तलामा पार्किङस्थल हुनेछ ।
भ्याली बाबुरत्न निर्माण सेवाले निर्माण गर्ने भवन अवधि २ वर्ष रहेको छ । सो भवनको कूल लागत कर बाहेक २० करोड ४१ लाख रकम रहेको छ । हाल नगरपालिका टंकप्रसाद आर्याच स्मृति भवनमा भाडामा बस्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण