कंगनाले भनिन्, ‘मैले ३ वर्ष अघि पद्मश्री पाउनु पर्दथ्यो, त्यतिबेला षड्यन्त्र भयो र यो प्रियंकाले पाइन्’
कंगना रनोटले आफूले तीन वर्षअघि नै पद्मश्री पाउनु पर्ने भन्ने बयान दिएकी छिन् । तर एक षड्यन्त्रका कारण उनको नाम सूचीबाट हटाइएको पनि उनले बताएकी छिन् । कंगानाले यो बयान एक भारतीय मिडियासँगको कुराकानीको क्रममा भनेकी हुन् ।
उनी भन्छिन्, ‘एक सहकर्मी र पूर्व सहकर्मीले मलाई नोटिस पठाएका थिए । पद्मश्री पुरस्कारका लागि तपाईंमाथि कुनै पनि प्रकारको नोटिस वा मुद्दा मामिला हुनु हुँदैन । म यो पुष्टि गर्न सक्दिनँ तर मलाई लाग्छ कि उक्त नोटिसका कारण मेरो नाम सूचीबाट हटाइएको हुनुपर्छ र उक्त अवार्ड प्रियंका चोपडालाई दिइएको थियो ।’
अदनान पद्मश्रीका लायक छन्ः कंगना
अदनान सामीको पद्मश्री विवादको विषयमा कंगना रनोटले भनेकी छिन्, ‘मलाई लाग्छ कि उनी यो पुरस्कारका लागि लायक छन् । ‘भारत’ एक विचार हो । त्यो जमिनको टुक्रा मात्रै होइन । यो पूरा भ्यालु सिस्टम हो । अदनानले यो मुलुकको विचारलाई बाँचेका छन् । त्यसमाथि खरो उत्रिएका छन् । बिडम्बना, मानिसहरुलाई हरेक कुरासँग समस्या छ । अदनानको विरोध गर्नेहरुलाई इग्नोर गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण