प्रीति जिन्टाको फिल्मभन्दा विवाहित पुरुषसँग ‘अफेयर्स’ को चर्चा धेरै
बलिउड अभिनेत्री प्रीति जिन्टा ४५ वर्ष पुगेकी छिन् । उनको जन्म १९७५ को फेब्रअरी ३१ मा हिमाञ्च प्रदेशमा भएको थियो । भने उनले बलिउडमा १९९८ मा पाइला टेकेकी थिइन् । उनले हिन्दी, पञ्जाबी, तेलगु र अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन् ।
उनले बलिउडमा भने निकै गहिरो छाप छोडेकी छिन् । उनले थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छिन् । निकै सुन्दर अनुहारका कारण पनि उनलाई धेरैले आफ्नो लोकप्रिय कलाकारको सूचीको पहिलो स्थानमा राखेका छन् ।
उनी अहिले पनि सामाजिक सञ्जालमा उत्तिकै लोकप्रिय छिन् । उनले फिल्ममा राज त गरिन् नै तर उनको चर्चा भने फिल्मले भन्दा उनको अफेयर्सले दिलायो । उनको प्रेमसम्बन्धका थुप्रै किस्साहरु अझै पनि बलिउडमा निकै चर्चित छ । उनको विवाहित पुरुषसँग पनि प्रेमसम्बन्ध स्थापित भइसकेको छ ।
उनले एकपटक फिल्मको लागि निर्देशक शेखर कपूरको अगाडि अडिशन दिएकी थिइन् । शेखरले उनलाई देख्नेवित्तिकै फिल्ममा काम दिए । विवाहित शेखरले प्रीतिलाई मन पराउन थाले र उनीहरुको लामो समय अफेयर चल्यो । त्यति मात्र होइन शेखरकी श्रीमतीले प्रीतिलाई सम्बन्धमा दरार पैदा गरेको आरोप समेत लगाएकी थिइन् ।
शेखरबाहेक प्रीतिको हलिउड अभिनेता लर्स जेलसनसँग पनि अफेयरको चर्चा चलेको थियो । जेलसन पनि विवाहित थिए । यो सम्बन्ध पनि निकै चर्चित बनेको थियो ।
अफेयरको हल्लाकैबीच प्रीति र जेलसनको प्राइभेट फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि जेलसनको वैवाहिक जीवनमा हलचल मच्चाइदिएको थियो ।
यसपछि प्रीतिको नाम व्यवसायी नेस भाडियासँग जोडियो । लामो समयसम्म चलेको यो सम्बन्ध पनि बिछोडमा परिणत भयो । समाचारका अनुसार प्रीतिले नेसमाथि शोषणको आरोप पनि लगाएकी थिइन् ।
यसका साथै उनको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडिएको थियो । उनीहरु थुप्रैपटक एकसाथ देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण