काजोलले छोरीसँग सेयर गरिन् फोटो, प्रशंसक भए फिदा
बलिउडकी चर्चित नायिकामध्येकी एक काजोल सोसल मिडियामा निकै सक्रिय छिन् । काजोल आफ्नो फिल्मको प्रोमोशनदेखि परिवार र साथीभाइसँग बिताएका पललाई कैद गरेर सोसल मिडियामा सेयर गर्छिन् । यसबाहेक उनका लुक्स पनि इन्स्टाग्राममा चर्चाको विषय बन्ने गर्छ ।
अब काजोल एकपटक पुनः चर्चामा आएकी छिन् । उनी छोरी न्यासाका कारण चर्चामा आएकी हुन् । काजोलले न्यासासँग इन्स्टाग्राममा दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । यो फोटोमा न्यासा काटिकुटी काजोलसँगै देखिएकी छिन् ।
यी फोटो सेयर गर्दै काजोलले लेखिन्, ‘धेरै दिनपछि मेरी छोरीसाग मुम्बई रोडमा ।’ यी फोटोले अहिलेसम्म चार लाख बढी लाइक पाएको छ । यसबाहेक प्रयोगकर्ताले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । प्रशंसकले आमा–छोरीको निकै तारिफ गरेका छन् ।
काजोलको परिवारः
स्मरण रहोस्, काजोलले अजय देवगनसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन् । उनीहरुले सन् २००६ को अप्रिलमा छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा छोरा युगलाई जन्म दिए । यी दुई लाइमलाइटबाट टाढा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण