नेकपा बैठकमा अबदेखि ओली-प्रचण्डको फोटो नराखिने
काठमाडौं । अबदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा नेताहरुको फोटो नराखिने भएको छ । जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो ।
आइतबार केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी दिएका हुन् । त्यस्तै उनले बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने पनि बैठकमा जानकारी दिए ।
यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए ।
राष्ट्रिय सभा गृहमा भएको उद्टन कार्यक्रमका लागि टाँगिएको ब्यानरमा दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो मनमोहन र पुष्पलालको भन्दा तलतिर राखिएको थियो ।
‘मञ्चमै बसेका नेताहरुको फोटो ब्यानरमा पनि टाँगेर राजावादीकै अभ्यास गरेको भन्दै नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए । बैठकका क्रममा मञ्चमा ९ जना सचिवालय सदस्यका लागि आसनसँगै मञ्चको दायाँतर्फ एकजना अध्यक्ष ओली र बायाँतर्फ अर्का अध्यक्ष प्रचण्डको फोटो टाँसिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादकै बिच शिक्षक महासङ्घको नेतृत्व चयन, अध्यक्षमा सुवेदी
-
नारीवादी विदेश नीतिबारे बहस
-
नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता
-
मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?
-
चौधरी ग्रुपले गर्यो भारतको ताज ग्रुपसँग साझेदारी, ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात
-
सदस्य सचिव घिसिङ र एन्टी डोपिङ प्रतिनिधिबिच भेट