नेकपा बैठकमा अबदेखि ओली-प्रचण्डको फोटो नराखिने
काठमाडौं । अबदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकमा नेताहरुको फोटो नराखिने भएको छ । जारी केन्द्रीय समिति बैठकको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेको भन्दै चर्को विरोध भएपछि नेकपाले यस्तो निर्णय गरेको हो ।
आइतबार केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबदेखि बस्ने नेकपाका बैठकमा नेताहरुको फोटो नराख्ने जानकारी दिएका हुन् । त्यस्तै उनले बैठकमा मार्क्स, एंगेल्स र लेनिनको भनाइ ‘कोट’ का रुपमा राखिने पनि बैठकमा जानकारी दिए ।
यसअघि नेताहरु राजेन्द्र राई, जगन्नाथ खतिवडा लगायतले बैठकमा नेताहरुको फोटो राखेर राजावादी शैली देखाएको भन्दै आपत्ति जनाएका थिए ।
राष्ट्रिय सभा गृहमा भएको उद्टन कार्यक्रमका लागि टाँगिएको ब्यानरमा दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो मनमोहन र पुष्पलालको भन्दा तलतिर राखिएको थियो ।
‘मञ्चमै बसेका नेताहरुको फोटो ब्यानरमा पनि टाँगेर राजावादीकै अभ्यास गरेको भन्दै नेताहरुले तीव्र असन्तुष्टि जनाएका थिए । बैठकका क्रममा मञ्चमा ९ जना सचिवालय सदस्यका लागि आसनसँगै मञ्चको दायाँतर्फ एकजना अध्यक्ष ओली र बायाँतर्फ अर्का अध्यक्ष प्रचण्डको फोटो टाँसिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण