कोरोना भाइरसका कारण चीनमा हजार बढी विवाह स्थगित, चौतर्फी प्रशंसा
दक्षिणपश्चिम चीनको गुइजाव प्रान्तस्थित वुचुवाई काउन्टी, जुन्यी सिटीका करिब एक हजार जोडीले आफ्नो विवाह स्वतःस्फूर्त रुपमा स्थगित गरेका छन् । उनीहरुको यस्तो कदमले चौतर्फी प्रशंसा बटुलेको छ ।
स्थानीय स्वास्थ्य संस्थाका डाक्टर लिउ सावती तीमध्ये एक हुन् । मानिस–मानिसबीच पनि कोरोना भाइरल सर्न थालेपछि लिउ र उनकी नर्स प्रेमिकाले आफ्नो विवाह स्थगीत गर्ने निर्णय गरेका हुन् ।
‘विवाह भनेपछि भीड भइहाल्छ । रोगलाई भीडमाझ फैलनबाट जोगाउन र यसमाथि नियन्त्रण पाउनका लागि मैले मेरी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गर्ने निर्णय गरेँ,’ लिउले भने । ‘विवाहको नाममा मेरो परिवार र साथीभाइको स्वास्थ्यलाई जोखिममा पार्न सक्दिनँ ।’
विवाहमा आमन्त्रित पाहुनालाई यसबारे जानकारी दिएर लिउ आफ्नो काममा फर्किएका छन् । उनले आफ्ना साथीहरुसँग मिलेर कोरोनाको कहरसँग लड्न स्थानीय गाउँलेको तापक्रम नाप्ने, बुहानबाट आएका पर्यटकबारे जानकारी लिनेलगायतका काम गर्दै आएका छन् ।
यसका साथै चाङ्गजियाओका स्थानीय झु ताओले चिनियाँ नयाँ वर्षको चौथो दिनका लागि निश्चित विवाह स्थगीत गरेका छन् । विवाहमा उपस्थित मानिसबीच रोग फैलने सक्ने खतरा देखेर झुले आफ्नी प्रेमिकासँग सल्लाह गरेर विवाह स्थगीत गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण