शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘के घर के डेरा’को घोषणा, दयाहाङ र विपिनसँग वर्षाको रोमान्स

सोमबार, २० माघ २०७६, १९ : ५७
सोमबार, २० माघ २०७६

काठमाडौं । ३५ वर्ष अगाडि निर्माण भएको फिल्म ‘के घर के डेरा’को नामबाट फेरि फिल्म बन्ने भएको छ । प्रदीप रिमालको निर्देशन रहेको यो नामबाट अहिले निर्देशक सुव्रतराज आचार्यले फिल्म बनाउन लागेका हुन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको  औपचारिक निर्माण घोषणा गरिएको छ । कार्यक्रममा निर्माण युनिटले फिल्मका कलाकार सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो ।

दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराई लगायतको कलाकारको अभिनय रहने फिल्म राजिव श्रेष्ठ र किरण महर्जनले निर्माण गर्न लागेका हुन् । जसको कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे) रहेका छन् । 

शुभलाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’को यमप्रसाद ओली सहनिर्माता हुन् ।  ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने फिल्ममा दिर्घ गुरुङको छायाँकन, मित्र डि. गुरुङको सम्पादन, शंकर थापा ‘स्माइल’को संगीत रहनेछ । गम्भीर विष्टको कोरियोग्राफी रहने फिल्म नयाँ बर्षको तीजमा प्रदर्शनमा आउने कार्यक्रममा जानकारी दिइयो ।

सुब्रतको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो । यस अगाडि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए । कार्यक्रममा निर्देशक आचार्यले अघिल्ला फिल्ममा आफूबाट भएका कमीकमजोरी सुधारेर ‘के घर के डेरा’ उत्कृष्ट बनाउने प्रयास गर्ने निर्देशक आचार्यले बताए ।

अभिनेता दयाहाङ र विपिनले फिल्मको कथा र आफ्नो भूमिका मनपरेका कारण काम निर्माण युनिटसँग जोडिएको बताए । अभिनेत्री बर्षाले बिवाह पछि फिल्मबाट हराएको आरोप लागेको कारण अहिले भटाभट फिल्म खेल्न थालेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप