लण्डनमा आफ्ना लडाकू मारिएको आइएसको दावी
एजेन्सी । इस्लामिक स्टेट (आईएस) लडाकूको समूहले आफ्ना एक जना लडाकू लण्डनमा मारिएको दावी गरेको छ । लण्डनको व्यस्त दक्षिणी क्षेत्रमा दुई व्यक्तिलाई आक्रमण गरेर घाइते बनाएपछि उनलाई प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागी उनको मृत्यु भएको जनाइएको छ ।
दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्ने ती आक्रमणकारी हाम्रो संगठनका लडाकू हुन्, टेलिग्राम मार्फत् आइएस लडाकूको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ । सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्तिले आइतबार दिउसो सर्वसाधारणलाई अन्धाधुन्ध आक्रमण गरेका थिए ।
आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका ती व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए । उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएएको भएपनि आधा सजाय भोगेपछि मुक्त गरिएको थियो ।
जेलबाट छुटेपनि अम्मान प्रहरीको सक्रिय निगरानीमा रहेका थिए । प्रहरीका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे । त्यसपछि बाहिर निस्किएर फेरी अर्का एक महिलालाई आक्रमण गरेका थिए ।
यो घटनाले आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूलाई गरिने व्यवहारबारे नयाँ व्यवस्था आवश्यक पर्ने ठहर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले योजना सार्वजनिक गर्ने बताएका छन् ।
गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतङ्कवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको मृत्यु भएको थियो । त्यो व्यक्ति पनि आधा सजाय भोगेर जेलबाट छुटेका र प्रहरी कारबाहीमा परी मृत्यु भएको थियो ।
आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूबाट एकपछि अर्को यस्ता घटना भएपछि सरकारले नयाँ व्यवस्था गर्न लागेको जनाइएको छ । Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण