राप्रपा (संयुक्त) का नेताद्वारा पार्टी परित्यागको घोषणा
मङ्गलबार, २१ माघ २०७६, १२ : ५१
काठमाडौँ । राप्रपा (संयुक्त) का उच्चस्तरीय कार्यासम्पादन समितिका सदस्य विष्णु विक्रम थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा पश्चगमनतर्फ उन्मुख हुन लागेको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई सम्बोधन गरेर उनले लेखेको पत्रमा उच्चस्तरीय कार्यसम्पादन समितिका साथै केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिइएको उल्लेख छ ।
सिन्धुपाल्चोकका उनले विभिन्न राजनैतिक प्रतिकुलतामा समेत आफूलाई सहयोग गर्ने जिल्लाबासीलगायतका शुभेच्छुकलाई धन्यवाद दिँदै आफ्नो कारणले असहज महसुश भएको भए क्षमाप्राथी रहेको पनि बताएका छन् ।
यसैबीच उनी नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण