नोबेलले २ अर्बको लागतमा सुविधासम्पन्न कलेज भवन बनाउने
बिराटनगर । नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटलले ठुलो रकम खर्चेर सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ । विद्यार्थीहरुको अध्ययन÷अध्यापनलाई थप सहज बनाउने उद्देश्यले २ अर्बको लागतमा नयाँ स्तरीय कलेज भवन निर्माण गर्न लागिएको नोबेलले जनाएको छ ।
कञ्चनवारी स्थित कलेज परिसर भित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायत रहनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र भवन निर्माण सम्पन्न हुने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
९ तला बन्ने उक्त भवन २ लाख २४ हजार स्क्वायरफिटको हुँनेछ । नयाँ स्तरीय भवन निर्माण हुने भएपछि विद्यार्थीहरुलाई अध्ययनका लागि थप सहजता मिल्ने भएको छ । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।
नोबेलमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण भइरहेको छ । स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शैक्षिक वातावरणका हिसावले प्रतिष्ठित बन्दै गएको नोबेलले अरबौंको लगानी थपेर स्तरीयता बढाउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण