‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ माग २४ बाट हुँदै
काठमाडौं– आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीपण्डपमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२०’ आयोजना हुने भएको छ ।
फर्टेक्स ट्रेड फेअर एण्ड इभेन्टस र मिडिया स्पेस सोलुसन्सले मंगलबार पत्रकार सम्मेलन गरी संयुक्तरुपमा प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी गराएका हुन् ।
मिडिया स्पेस सोलुसन्सका प्रवन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिहरु राखिने बताए । उनले विभिन्न १५ देशका ३ सय भन्दा बढी ब्राण्डसहितका २ सय स्टल रहने जानकारी समेत दिए ।
प्रदर्शनीले विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पु¥याउने भट्टराईले बताए ।
प्रदर्शनीबाट घर बनाउन चाहने व्यक्ति, आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर्स, विल्डर्स तथा इन्टेरियर डिजाइनर लगायतले फाइदा लिन सक्ने छन् । प्रदर्शनी यही माघ २४ देखि २६ गते सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण