ठगी मुद्दामा आइटी अफिसर पक्राउ, समाजवादी पार्टीका नेता यादव फरार
रौतहट । ठगीमुद्धामा गरुडा नगरपालिकामा कार्यरत आईटी अफिसर भुप नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । सोही मुद्धाका अर्का आरोपी समाजवादी पार्टीका राष्ट्यि परिषद सदस्य जयनाथ यादव भने फरार भएका छन् ।
आईटी अफिसर यादवलाई गरुडा नगरपालिका छेउबाट आज बिहान ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गौर जनाएको छ । गरुडा नगरपालिका जिंगडिया टोलका शेख कादिरको उजुुरीको आधारमा नगरपालिकाका कर्मचारी र समाजवादी नेता यादव उपर ठगीमुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन् ।
आईटी अफिसर यादवलाई अनुसन्धान गर्न जिल्ला अदालत गौरबाट ४ दिनको.थमाइएको प्रवक्ता कार्कीले जानकारी दिए । अर्का आरोपी जयनाथ यादवको खाजी भइरहेको प्रहरीले जनाएको छ । समाजवादी नेता जयनाथ यादव र नगरपालिकाका कर्मचारी यादवमाथि स्थानीय खेश कादिरको छोरालाई अष्ट्रेलिया पठाउने भन्दै करोडभन्दा बढी पर्ने तिनकठा, तिनधुर जग्गा ठगी गरेको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण