साउदी अरबमा बर्डफ्लु भेटिएको पुष्टि

एजेन्सी । साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो ।
अहिले घटनास्थल र अन्य शङ्कास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण,अध्ययन,अनुसन्धान भइरहेको पनि जनाएका छन् ।
साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् । साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरु तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरुले बताएका छन् ।
मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस सङ्क्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता