ट्रोलर्सको निशानामा सोनमको पहिरनः प्रयोगकर्ताले भने, ‘बुवाको अगाडि कसैले यस्तो लुगा लगाउँछ ?’
हालै मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना गरिएको थियो । स्क्रिनिङमा बलिउडका ठूला स्टार्सको उपस्थिती रह्यो । यो मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् । सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् । उक्त पहिरनका कारण उनी ट्रोलर्सको निशानामा पनि परिन् ।
ट्रोलर्सले सोनममाथि निशाना साँध्दै भने, ‘आफ्नो बुवाको अगाडि कसैले यस्तो लुगा लगाएर उभिन सक्छ ? के उनीहरुलाई लाज लाग्दैन ?’
अर्का ट्रोलरले भने, ‘यस्तो लुगामा आफ्नो बुवासँग उभिँदा कस्तो उदेकलाग्दो देखिएको छ ।’
अर्का एक प्रयोगकर्ताले अलिकति त लाज राख सम्म भन्न भ्याए ।
नकारात्मक ट्रोल्सबाहेक केही मानिसहरुले सोनमको फेसन सेन्सको पनि तारिफ गरेका छन् ।
एक प्रशंसकले लेखे, ‘सोनम निकै राम्री देखिएकी छिन् । ’ अर्का एक प्रशंसकले लेखे, ‘बुवा, छोराको सबैभन्दा कूल जोडी । अल्टिमेट फेशन क्विन अफ बलिउड ।’
स्मरण रहोस्, सोनम कपुर यसअघि पनि पहिरनका लागि ट्रोल भइसकेकी छिन् । यद्यपि, उनको फेसन सेन्सको निकै तारिफ पनि गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण