एनएमबि बैंकले साना उद्यमीसँग सहकार्य गर्ने,आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनामा केन्द्रित हुने
काठमाडौं–एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघ बीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ्ग र दिगो बैंकिङ्गको सिद्धान्तमा उभिएको बताए । उनले नेपाल सरकारको समृद्घ नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
बैंकले साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिदैं आएको बताएको छ । यहि प्रयासको निरन्तरता स्वरुप यी संगठन बीच समझदारी भएको जानकारी प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण