सशस्त्र प्रहरी बलका शान्ति मिसन टोली बिदाइ
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गरेका छन् ।
सुडानस्थित ‘फम्र्ड पुलिस युनिट’ (एफपियु)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच उनले बिदाइ गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र सङ्गठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहन निर्देशन दिए ।
उनले मिसन इलाकामा रहँदा त्यहाँको भाषा, संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मी थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपियुका रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० अधिकृतसहित कूल १८० छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण