बुहानबाट सुरु भएको प्रकोपलाई ‘नोबल कोरोनाभाइरस न्युमोनिया’ भन्न चीनको स्वास्थ्य आयोगको निर्देशन
शनिबार, २५ माघ २०७६, १८ : १८
चीनको नेशनल हेल्थ कमिसन(राष्ट्रिय स्वास्थ्य आयोग) ले कोरोना भाइरसको आधिकारिक नाम दिएको छ –नोवल कोरोनाभाइरस न्युमोनिया(एनसपी) ।
उसले चीनका सरकारी विभाग तथा संगठनहरुलाई नोवल कोरोना भाइरस न्युमोनिया नाम राख्न निर्देशन दिएको छ ।
शनिबार एक पत्रकार सम्मेलनमा आयोगले भाइरसको आधिकारिक नाम घोषणा गरेको थियो ।
तथापि, यो नाम स्थायी भने हुनेछैन । स्थायी नाम नराखिएसम्म यही नाम प्रयोग गर्न आयोगले निर्देशन दिइएको छ ।
संसारभर देखिएका नयाँ भाइरसको स्थायी नाम दिने काम ‘इन्टरनेशनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेस’को हो ।
बीबीसीका अनुसार उक्त कमिटीले केही दिनभित्रै भाइरसको नयाँ नाम घोषणा गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण