समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् ।
मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री पुनले कुनै पनि बहानामा ठेक्का लम्ब्याउने काम रोक्न र निर्धा्रित समयमै सक्ने गरी सक्रियता देखाउन निर्देशन दिएका हुन् ।
छलफलमा पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम हुन नसकेका आयोजनाका ठेक्का सङ्ख्या उल्लेख्य कमी आएको प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन विज्ञ बाबुराम दाहालले जानकारी दिएका थिए ।
दाहालका अनुसार सिँचाइ विभागअन्तर्गत अघिल्लो आर्थिक वर्षको मङ्सिर मसान्तसम्म २३५ वटा ठेक्का समस्याग्रस्त रहेकामा यो वर्ष १३० मा झरेको छ । तीमध्ये पनि ८० प्रतिशतमा काम भइरहेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणअन्तर्गत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ वटा ठेक्का समस्याग्रस्त रहेकामा हाल ३९ वटामा झरेको छ । त्यसमध्ये पनि अधिकांशको म्याद थप भएर काम जारी रहेको दाहालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी