सनराइज बैंकको ४८ औं शाखारहित बैंकिङ्ग सेवा खैरहनी चितवनमा
चितवन– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ खैरहनी नगरपालिका–१३, गवै चितवनमा ४८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा खैरहनी नगरपालिकाका उप प्रमुख सुनिता खरेल थपलिया, सोही नगरपालिकाका वडा नं १२ र १३ का अध्यक्ष टिकाराम तिमिल्सिना र बलकुमार उप्रेतीको उपस्थितिमा उद्घाटन भयो ।
सोही कार्यक्रममा खैरहनी नगरपालिकाका उप(प्रमुख श्रीमती सुनिता खरेल थपलियाले बैंकिङ्ग सेवाका प्रतिनिधि ध्रुव कुमार बस्नेतलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ्ग सेवा संचालन गरियो ।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ । यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण