बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका इञ्चार्ज पक्राउ

बुधबार, २९ माघ २०७६, १२ : ४८
बुधबार, २९ माघ २०७६

नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । प्रहरीले विप्लव निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढाइँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप