मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

शहिद स्मृति दिवसमा ओली र प्रचण्डले सम्बोधन गर्ने

बुधबार, २९ माघ २०७६, १७ : ३३
बुधबार, २९ माघ २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति अनुसार नेकपाले फागुन १ लाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको हो । 

सोही अनुसार भोलि फागुन १ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान नौ बजे विशेष कार्यक्रम राखिएको छ । जुन कार्यक्रमलाई ओली र प्रचण्ड दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेताहरुले बताएका छन् ।
नेकपाले तल्लो तहका कमिटीलाई पनि जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय अनुसार पार्टी पंक्तिमा सर्कुलर जारी गरिएको जानकारी दिए । 

यसअघि तत्कालीन माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको थियो । २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो । तर २०७५ मा पार्टी एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन । ओली प्रचण्ड पछिल्लो सहमतिपछि भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसका रुपमा मनाउन निष्कर्षमा पुगेका हुन् । 

यसअघि पूर्वमाओवादी समुहले फागुन १ लाई जनयुद्ध दिवसकै रुपमा मनाउनुपर्ने र पूर्वएमाले समुहले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई बढी प्राथमिकता दिँदै आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप