शहिद स्मृति दिवसमा ओली र प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति अनुसार नेकपाले फागुन १ लाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको हो ।
सोही अनुसार भोलि फागुन १ गते पार्टी केन्द्रीय कार्यालयमा बिहान नौ बजे विशेष कार्यक्रम राखिएको छ । जुन कार्यक्रमलाई ओली र प्रचण्ड दुवैले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेताहरुले बताएका छन् ।
नेकपाले तल्लो तहका कमिटीलाई पनि जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसका रुपमा मनाउन आन्तरिक सर्कुलर जारी गरेको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय अनुसार पार्टी पंक्तिमा सर्कुलर जारी गरिएको जानकारी दिए ।
यसअघि तत्कालीन माओवादीले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको थियो । २०५२ फागुन १ गते तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो । तर २०७५ मा पार्टी एकता भएपनि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन । ओली प्रचण्ड पछिल्लो सहमतिपछि भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसका रुपमा मनाउन निष्कर्षमा पुगेका हुन् ।
यसअघि पूर्वमाओवादी समुहले फागुन १ लाई जनयुद्ध दिवसकै रुपमा मनाउनुपर्ने र पूर्वएमाले समुहले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई बढी प्राथमिकता दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण