ललिता निवासमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ ।
बैंकले प्रवाह गरेको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा त्यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकको एक उच्च अधिकारीको भनाइ छ । त्यसका लागि बैंकले छलफल शुरू गरेको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाससँगै रहेको ११४ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा अवैध तरीकाले नामसारी गरेको आरोपमा तीन पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध गत हप्ता विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
अख्तियारले अनुसन्धानका क्रममा ललिता निवासअन्तर्गतका जग्गा धितो राखी विभिन्न व्यक्तिले बैंक तथा वित्तीय संस्थाहरूबाट रू. २ अर्ब ४१ करोड ६९ लाख कर्जा लिएको पाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण