कालिकोटका विद्यार्थीका लागि मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम
कालिकोट– मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्वका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका का।ÞÞÞबा। अध्यक्ष दानबहादुर विश्वकर्माले विद्यार्थी र शिक्षकहरुलाई वित्तीय जागरण गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण