श्रीमान् सैफ अली खानको ‘बेडरुम सिक्रेट’ दर्साउने जवाफमा लजाइन् करिना कपुर (भिडियो)

सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान ।
यसैबीच रेडियो च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यी दुईलाई सँगै देखिएको छ । यो शोलाई करिना कपुरले होस्ट गर्छिन् । उक्त कार्यक्रममा सैफ पाहुनको रुपमा उपस्थित भएका थिए । उक्त कार्यक्रममा करिना, सैफले विभिन्न विषयमा कुराकानी गरे र सैफले ‘बेडरुम सिक्रेट’ को विषयमा यस्तो जवाफ दिए जुन सुनेर करिना कपुर लजाइन् ।
वास्तवमा, ह्वाट विमन वान्टको क्रममा करिनाले सैफलाई वैवाहिक जीवनका विषयमा पनि विभिन्न प्रश्न सोधे । करिनाले सैफलाई सोधिन्, ‘सैफ, यस्तो एउटा के कुरा छ जुन मानिसहरुले आफ्नो वैवाहिक जीवनमा नछुटाइ गर्नुपर्छ । यस्तो केही कुरा जसले विवाहको जोशलाई कायम राखिराखोस् । ’
करिनाको यो प्रश्न सुन्ने बित्तिकै सैफले तत्काल उत्तर दिए, ‘रोल प्ले ।’ करिनाको यो जवाफ सुन्ने बित्तिकै करिना अक्क न बक्क भइन् ।
यद्यपि, पछि करिनाले कुरा सम्हाल्दै भनिन्, ‘वास्तवमा, हामी आफ्नो यो कार्यक्रममा लगभग हरेक सम्भव विषयमा कुरा गरिसकेका छौं भने यो पनि ठिकै छ ।’
यद्यपि, पछि सैफले आफूले रमाइलो मात्रै गरेको स्पष्ट पारे । त्यसपछि सैफले प्रश्नको जवाफमा भने, ‘तपाईंले आफ्नो जीवनमा केही भिन्न कुरा गरिरहनुभयो भने, एउटा फ्रेशनेस कायम रहिरहनेछ । तर सधैं एउटै कुरा गरिरहँदा तपाईंको वैवाहिक जीवन बोर हुने गर्छ । साथै मलाई लाग्छ कि यो स्पार्कलाई बनाउनका लागि धेरै प्रेसर पनि लिनु हुँदैन । तपाईं सधैं खुसी मात्रै पनि रहिरहन सक्नुहुन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसदविरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै