श्रीमान् सैफ अली खानको ‘बेडरुम सिक्रेट’ दर्साउने जवाफमा लजाइन् करिना कपुर (भिडियो)
सैफ अली खान र करिना कपुर बलिउडका चर्चित जोडी हुन् । यी दुईको विवाह भएको ८ वर्ष बितिसकेको छ । दुईका एक छोरा पनि छन् । तैमुर अली खान ।
यसैबीच रेडियो च्याट शो ‘ह्वाट वुमन वान्ट’ मा यी दुईलाई सँगै देखिएको छ । यो शोलाई करिना कपुरले होस्ट गर्छिन् । उक्त कार्यक्रममा सैफ पाहुनको रुपमा उपस्थित भएका थिए । उक्त कार्यक्रममा करिना, सैफले विभिन्न विषयमा कुराकानी गरे र सैफले ‘बेडरुम सिक्रेट’ को विषयमा यस्तो जवाफ दिए जुन सुनेर करिना कपुर लजाइन् ।
वास्तवमा, ह्वाट विमन वान्टको क्रममा करिनाले सैफलाई वैवाहिक जीवनका विषयमा पनि विभिन्न प्रश्न सोधे । करिनाले सैफलाई सोधिन्, ‘सैफ, यस्तो एउटा के कुरा छ जुन मानिसहरुले आफ्नो वैवाहिक जीवनमा नछुटाइ गर्नुपर्छ । यस्तो केही कुरा जसले विवाहको जोशलाई कायम राखिराखोस् । ’
करिनाको यो प्रश्न सुन्ने बित्तिकै सैफले तत्काल उत्तर दिए, ‘रोल प्ले ।’ करिनाको यो जवाफ सुन्ने बित्तिकै करिना अक्क न बक्क भइन् ।
यद्यपि, पछि करिनाले कुरा सम्हाल्दै भनिन्, ‘वास्तवमा, हामी आफ्नो यो कार्यक्रममा लगभग हरेक सम्भव विषयमा कुरा गरिसकेका छौं भने यो पनि ठिकै छ ।’
यद्यपि, पछि सैफले आफूले रमाइलो मात्रै गरेको स्पष्ट पारे । त्यसपछि सैफले प्रश्नको जवाफमा भने, ‘तपाईंले आफ्नो जीवनमा केही भिन्न कुरा गरिरहनुभयो भने, एउटा फ्रेशनेस कायम रहिरहनेछ । तर सधैं एउटै कुरा गरिरहँदा तपाईंको वैवाहिक जीवन बोर हुने गर्छ । साथै मलाई लाग्छ कि यो स्पार्कलाई बनाउनका लागि धेरै प्रेसर पनि लिनु हुँदैन । तपाईं सधैं खुसी मात्रै पनि रहिरहन सक्नुहुन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण