सदाचारी उद्यमशीलताको नेतृत्व महिलाले मात्रै गर्न सक्छन्ः मन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अब महिलाहरुलाई तालिम सशक्तिकरण लगायत विभिन्न नाममा अलमल्याएर अर्धबेरोजगार मात्रै बनाउने कामको अन्त्य गर्नु जरुरी रहेको बताएका छन् ।
११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पर्वतको बेनीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् ।
विगत लामो समयसम्म महिलाको क्षेत्रमा भएका काम र त्यसको उपलब्धि सोचेजस्तो हुन नसकेको भन्दै उनले भने, “विगतको नतिजालाई समेत हेरेर सरकार महिलालाई उद्यमी बनाउने कामको थालनी गर्दैछ । यसको नतिजा आउने बर्षको बजेटमा समेत देखिनेछ ।”
उनले स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघसंस्थाहरुले गरेका महिला लक्षित कार्यक्रमहरु कागजमा लेखिएजस्तो र उनीहरुले भनेजस्तो गरि संचालन हुन नसकेको पनि बताए ।
मन्त्री गुरुङ अब हुने आर्थिक परिवर्तन र सदाचारी उद्यमशीलताको नेतृत्व महिलाले गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण