विद्युत उत्पादनको अन्तिम तयारीमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना, कति काम भयो कति बाँकी छ ?

काठमाडौँ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा जुटेको छ । दोर्दी गाउँपालिका वडा नम्बर ६ र ७ स्थित ढोडेनी तथा फलेनीमा निर्माणाधीन आयोजनाको हालसम्म ९६ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरिरहेकाे सो आयोजनाबाट आगामी चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । लिबर्टी ईनर्जी कम्पनीका सञ्चालक राम पाण्डेले कम्पनीको तर्फबाट गर्नुपर्ने सबै काम चैत मसान्तभित्र सम्पन्न गर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले समयमै सब–स्टेशन निर्माण सम्पन्न गरे त्यतिबेलै राष्ट्रिय प्रशारण लाइनमा २५ मेगावाट विजुली थपिने बताए । उनका अनुसार यो समयभित्र प्राधिकरणले आफ्नो तर्फबाट गर्नुपर्ने काम सम्पन्न गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
उनका अनुसार बाँध डिसेन्टर तथा गेट संरचना निर्माण कार्य ९४ प्रतिशत सम्पन्न भएको छ भने हेडरेस टनेल, संरचना निर्मार्ण र सर्ज सफ्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यसैगरी पेनस्टक पाइपको लागि सिभिल निर्माण, नहर, स्वीचयार्ड संरचना निर्माणको कार्यपनि धमाधम भइरहेको छ । हालसम्म कन्ट्रक्सन पावर, प्रवेश मार्ग, कम्पनीको आवास तथा अफिस गृहलगायतका आधारभूत संरचनालगायतका काम शतप्रतिशत सम्पन्न भइसकेका छन् ।
रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ बैशाख १५ मा विद्युत उत्पादन अनुमति पाएको थियो । ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ कूल लागत रहेको आयोजनाको प्रतिमेगावाट लागत १८.५४ करोड रहेको छ ।
यस्तै आयोजनाले ८.२० वर्षमा साधारण लगानी फिर्ता हुने अपेक्षा लिएको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ भने बिजुली उत्पादन भएपछि प्रभावित स्थानीय बासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी २५ प्रतिशत सेयर निष्कासन गर्ने बताइएको छ ।
त्यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको पाण्डेले जानकारी दिए ।
लिबर्टी कम्पनीले नै हाल बागलुङमा २४.६ मेगावाटको बडीगाडखोला र लमजुङमै रहेको १.६ मेगावाटको लोदोखोला जलविद्युत आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ ।
नेपालमा रहेका जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनाको पहिचान गरी सम्भाव्य अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रयाले स्थापित लिबर्टी इनर्जी कम्पनीमा ५५६ जना संस्थापक शेयरधनी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै