कोरोना भाइरससँग लड्न चीनले चाल्यो कडा कदमः यस्ता गतिविधीमा प्रतिबन्ध
कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ ।
६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन भनिएको छ ।
यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै हूबे र ऊहान शहर प्रभावित भएका छन् जसमा अहिलेसम्म १६ सय ६५ को ज्यान गइसकेको छ ।
यद्यपि, चीनले लगातार तेस्रो दिन कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको र यो फैलन रोकिएको घोषणा गरेको छ ।
के कस्ता प्रतिबन्ध छन् ?
चीनले सबैलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । साथै एउटा घरबाट तीन दिनमा एक व्यक्तिलाई मात्रै खाना र अन्य अत्यावश्क सामान लिन जान छुट दिइएको छ ।
यस्तै, औषधी, होटल, किराना पसल र स्वास्थ्य सेवाबाहेकका सबै पसल बन्द गर्न आदेश दिइएको छ ।
सामान पुर्याउनेबाहेक सबै प्रकारको सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ ।
राजधानी बेइजिङमा आउने व्यक्तिलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा एकान्तमा बस्न भनिएको छ । यस्तो नगरे सजायको प्रावधान पनि छ ।
चीनको केन्द्रीय बैंकले भाइरस फैलन रोक्नका लागि प्रयोग गरिएका नोटलाई कीटाणुरहित गर्ने निर्णय गरेको छ ।
कति नयाँ संक्रमित आए ?
प्रशासनले दिएको जानकारी अनुसार आइतबार २ हजार नयाँ संक्रमित पुष्टि भए जुन शनिबार २६ सय ४१ थिए । यसअघि ५ हजार ९० नयाँ संक्रमित देखिएका थिए ।
चीनमा अहिलेसम्म ६८ हजार ५ सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
नयाँ संक्रमितमा आइरहेको कमीमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले यो आँकडाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने चीनको कोसिसलाई दर्साउने बताएका छन् ।
साथै, आयोगको दैनिक बुलेटिनमा देशभरी १ सय ४२ जनाको मृत्यु भइरहेको बताइएको छ जसमा सबैभन्दा धेरै मृत्यु हूबे प्रान्तमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण