युभेन्ट्सले जित्दा इन्टर लाजियोसँग स्तब्ध
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले जितसहित शीर्षस्थानमा पूनरागमन गर्दा इन्टर मिलान लाजियोसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्सले १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोलले हरायो । अर्को खेलमा इन्टर मिलान लाजियोसँग २–१ गोलको हार खेप्दै तेस्रो स्थानमा झरेको छ ।
ब्रेसिया ३७औं मिनेटमा १० खेलाडीमा समेटिएपछि युभेन्ट्सले सहज जित निकालेको थियो । फ्लोरिन एइले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसको दुई मिनेट लगत्यै पाउलो डिव्यालाले गोल गर्दै युभेन्ट्सलाई अग्रत दिलाए । ७५औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई सजिलै जिताएका थिए ।
यसैगरी अर्काे खेलमा इन्टरदलाई हराउन लाजियोका सिरो इमोवाइल र सेर्गेज मिलिन्कोभिक साभिकले गोल गरे । इन्टरका आस्ले योङले गरेका थिए । खेलमा सुरुवाती अग्रता इन्टर मिलानले लिएपनि जोगाउन सकेन । ४४औं मिनेटमा आस्ले योङले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ५०औं मिनेटमा सिरो इमोवाइलले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६९औं मिनेटमा मिलिन्कोभिक साभिकले गोल गर्दै इन्टरलाई हार चखाएका थिए ।
जितसँग शीर्ष टोली युभेन्ट्सले २४ खेलबाट ५७ अंक बनाएको छ । ५६ अंक बनाएको लाजियो दोस्रो स्थानमा उक्लिएको छ । ५४ अंक बनाएको इन्टर मिलान तेस्रो स्थानमा छ । १६ अंक बनाएको ब्रेसिया १९औं स्थानमा छ । ब्रेसियाले रेलिगेसन छल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण