मन्त्रिपरिषद्मा विदेशी प्रभाव
देशमा विदेशीको हस्तक्षेप कुन हदसम्म छ भन्ने हालेैकै सरकारको एक निर्णयबाट थाहा भएको छ । पर्यटक भिसामा बसेर विभिन्न कम्पनीमा काम गर्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही थालेपछि उनीहरुले आफूहरुलको मन्त्रिपरिषदबाट निर्णय नै गराउन सफल भएका छन् ।
विभिन्न प्रोजेक्टहरुमा काम गर्न विदेशीलाई भिसा सहजीकरढा गर्ने भन्दै मन्त्रिपरिषद्बाट निःशुल्क भिसा दिने निर्णय गराउन उनीहरु सफल भएका हुन् ।
सरकारी आयोजना, अन्र्तराष्ट्रिय गैरसरकारी संस्था तथा निजी कम्पनीहरुमा कार्यरत विदेशीहरुलाई गृहले कारवाही गरेको थियो । कारबाहीलाई तीव्रता दिएपछि उनीहरुले आफूहरु नेपाल सरकारलाई नै सहयोग गर्न आएको र भिसामा सहजीकरण हुनुपर्ने भन्दै लबिङ गरेर आफ्नो पक्षमा निर्णय गराएका हुन् ।
कारबाहीमा पर्नेहरुमा धेरै जसो अमेरिकाका नागरिक छन् । त्यस्तै, कोरिया, जापान, बेलायत, चीनलगायत देशका पनि छन् । उनीहरुलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको छ । जसमा युएसएडदेखि डिएफआइडीसम्मका संस्था छन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण