विकास र समृद्धिको आकांक्षा पूरा गर्न दृढ संकल्पित : मुख्यमन्त्री पोखरेल
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले संघीयताको व्यवहारिक कार्यान्वयनका लागिसमेत दृढ संकल्पित रहेको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्र नभई नागरिकको जीवन पद्धतिको रुपमा स्थापित गर्न सक्दामात्रै आम नागरिकले लोकतन्त्रको अनुभूति गर्न पाउँछन्, लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन्,’ सन्देशमा मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालदेखि नै बसेको जिकिर गर्दै उनले भनेका छन्, ‘त्यसबेला उठेको संविधानसभाको माग २०६२÷०६३ को जनक्रान्तिपछि पुरा हुन सम्भव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । संविधान अनुसार संघीय शासन प्रणाली विधिवत रुपमा स्थापित भएको छ ।’
प्रदेश सरकारले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान दिन प्रतिबद्ध रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण