अवैध कुखुराको चल्लासहित ट्रक नियन्त्रणमा

प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो ।
२ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी मदिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)