नापोलीको कठिन जित
इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले रेलिगेसन टोली ब्रेसियामाथि कठिन जित हात पारेको छ । सुक्रबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । नापोलीले पुनरागमन जित निकालेको थियो ।
नापोलीको जितमा लोरेन्जो इनसिग्ने र फावियन रुइजले गोल गरे । ब्रेसियाका जोन चान्सेलरले गोल गरेका थिए । २६औं मिनेटमा जोन चान्सेलरले गोल गर्दै घरेलु टोली ब्रेसियालाई अग्रता दिलाए । नापोलीलाई गोल फर्काउन दोस्रो हाफसम्म पर्खनु परेको थियो । ५०औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । ब्रेसियाका एलिस माटेजुले डिबक्स भित्र ह्यान्ड गरेपछि नापोलीले पेनाल्टी पाएको थियो । ५४औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अगाडी बढाए ।
त्यसपछि थप गोल नहुँदा नापोली विजयी भयो । जितसँगै नापोली छैटौं स्थानमा उक्लिएको छ । नापोलीले २५ खेलबाट ३६ अंक बनाएको छ । १६ अंक बनाएको ब्रेसिया रेलिगेसनको चपेटामा छ । ब्रसिया १९औं स्थानमा छ । शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५७ र दोस्रो स्थानमा रहेको लाजियोको ५६ अंक छ । दुवै टोलीले २४ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण