झापामा अन्तर्राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुँदै
झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही फागुन २० देखि २५ गतेसम्म आयोजना गर्ने प्रतियोगितामा नेपाल, भारत, भूटान र बङ्गलादेशका गरी २५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
क्लबका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताका लागि नेपाल चेस एसोसिएशनबाट समेत स्वीकृति लिइसकेको बताए । उनले बङ्गलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेको र भूटानबाट समेत खेलाडी सम्पर्कमा आइरहेका बताए।
प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु ६० हजार, रु ५० हजार र रु ४० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा थप उत्कृष्ट १७ खेलाडीलाई अधिकतम रु १८ हजारदेखि न्यूनतम रु पाँच हजारसम्मको नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव अशोक राईले बताए । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकेडेमीले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालनमा करीब रु २४ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण