डा.सुनिल शर्माद्वारा कालिकोटलाई एम्बुलेन्स प्रदान, ६ करोडको सहयोग
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको विकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् ।
कालिकोट सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम्बुलेन्स प्रदान गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजाने कालिकोटबासीको पीडादायी अवस्था देखेर एम्बुलेन्स प्रदान गरेको प्रतिक्रिया दिए ।
तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गरेको जनाइएको छ ।
कालिकोटमा ६ करोडको सहयोग घोषणा
डा.शर्माले कालिकोटबासीलाई करोडौंको लाभ मिल्ने घोषणा पनि गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै क्रममा डा.शर्माले आगामी शैक्षिक सत्रमा कालिकोटका दुई जनालाई बीडीएस र पाँच जनालाई पारामेडिकल गरी ७ जनालाई निःशुल्क पढाउने घोषणा गरेका छन् । डा.शर्माको घोषणा अनुसार ७ जनालाई पढाउँदा करिव ६० लाख खर्च लाग्छ ।
त्यस्तै एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन निःशुल्क गर्ने घोषणा गरे । यो अप्रेशनबापत झण्डै पाँच करोड खर्च हुन्छ । उनले आफु पढेको पंचदेवल माध्यमिक बिद्यालयका विपन्न बिद्यार्थीलाई छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । कालिकोटमा स्वास्थ्य उपचार र शिक्षाका लागि डा.शर्माले झण्डै ६ करोड बरावरको सहयोग गर्ने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण