अमिताभले बिहान ३ बजे प्रश्न सोधे, ‘यार, यो चश्माको फेसन कसले बनायो ?’ प्रशंसकले भने, ‘सुत्नुहोस् सर’
अमिताभ बच्चन सोसल मिडियमा निकै सक्रिय छन् । ब्लग लेख्नेबाहेक उनी ट्वीटर र इन्स्टाग्राममार्फत् आफ्ना प्रशंसकसँग ‘टच’ मा रहिरहन्छन् । हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरे । यो पोष्टमा अमिताभ बच्चनले लेखेका छन्, ‘यार, यो चश्माको फेसन कसले बनायो ? तर जसले पनि बनायो, सही बनायो । उमेर बढेसँग आँखाको चारैतिर जुन चाउरी पर्छ, त्यो पछाडि नै लुक्छ ।’
मंगलबार बिहानै ३ बजे सेयर गरेको यो पोष्टमा प्रशंसकले निकै रोचक जवाफ दिएका छन् ।
प्रशंसकले दिए सल्लाह, सर सुत्नुहोस्ः
त्यो समयमा सोसल मिडिया प्रयोग गरेकोमा बिग बीका केही प्रशंसकले उनलाई आराम गर्न सल्लाह दिँदै लेखेका छन्, ‘सर, सुत्नुभएन कि कसो ?’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर, के भयो ? आज निद्रा लागेन कि कसो ?’ साथै अर्का एक प्रयोगकर्ताले लेखे, ‘सर सुत्नुहोस् ।’
यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘कम्प्युटर जीलाई सोध्नुहोस्, उनलाई थाहा होला ।’ यस्तै, अर्का प्रयोगकर्ताले लेखे, ‘सर राती ३ बजे तपाईंको यो पोष्टले भन्छ कि तपाईंलाई हामीसँग टचमा रहन कति मनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण