‘सिपी मैनाली सवार कार दुर्घटना नियोजित’
बिहीबार, १५ फागुन २०७६, २२ : ४९
काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् ।
उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग गरेका छन् ।
झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली सख्त भएका छन् । मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण