मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकेको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दोषी ठहर गर्दै उक्त सजाय तोकेको हो ।
दुई वर्ष अघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग खुस्बुले घरजग्गा खरिदका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैङ्क न्यूरोड शाखाबाट उक्त चेक ‘बाउन्स’ भएको थियो ।
खातामा रकम नरहेको भन्दै बैङ्कबाट फर्काइएपछि आफूले खुस्बुलाई त्यसको जानकारी दिएको कटुवालको भनाइ छ । खुस्बुले केही दिनपछि रकम जम्मा गरिदिन्छु भन्दै आश्वासन दिएको तर फेरि पनि खातामा रकम नभएको भन्दै बैङ्कबाट फर्काइएको उनले बताए । तीन पटकसम्म यसरी नै बैङ्कबाट फर्किनु परेपछि उनले कानुनी उपचार खोजेका थिए ।
गत वर्ष उनले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । गत जेठमा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गरेको थियो ।
अदालतको फैसला कार्यान्वयन नभएपछि कटुवाल फेरि न्याय माग्दै अदालत पुगे । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्कमा नआएपछि कटुृवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण