एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था हुँदैछ : अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले एकद्वार नीतिबाट फिल्म सुटिङको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित जनचेतना नेपालको छैठौं वार्षिक उत्सव तथा युवा अभिप्रेरणा, उत्प्रेरक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले फिल्म सुटिङस्थल निर्माण गर्न र त्यसका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत काम हुने गरी सरकारले काम गर्न लागेको बताए ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी मेत सम्हालिरहनुभएका खतिवडाले लेखक, कलाकार र पत्रकारहरुलाई जीवन वृति दिने व्यवस्था समेत सरकारले गरिरहेको बताए ।
यो क्षेत्रका प्रतिभाहरुलाई राज्यले संरक्षण गर्नेमा कुनै दुविधा नरहेको समेत मन्त्री खतिवडाको भनाइ छ । लामो समयदेखि नेपालको आर्थिक समाजिक रुपमान्तरणमा कलाकारिताको क्षेत्र महत्वका साथ अगाडि बढेको समेत उनले बताए ।
मुलुकमा भएका ठूलाठूला परिवर्तनमा र नयाँ नेपाल निर्माणमा कलाकारहरुको भूमिका महत्वपूर्ण भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण