इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप १ जनाको मृत्यु
एजेन्सी । इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ । ती दुई जना जापानबाट मलेसिया हुँदै इन्डोनेसिया फर्किएका थिए ।
उता संयुक्त राज्य अमेरिकामा भने थप एकजनाको यस भाइरसका कारण मृत्यु भएको छ । एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ । वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ । उपचाररत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
किङ काउन्टी करिब ७ लाख जनसंख्या भएको नगर हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबारमात्र पनि एकजनाको ज्यान गएको थियो । उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो ।
यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यान गएको छ । –एएफपी/Photo: EPA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण