आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यवंशीको ट्रेलरले २४ घण्टामा रच्यो इतिहास, ४ करोडभन्दा बढी पटक हेरिएको रेकर्ड

बुधबार, २१ फागुन २०७६, ०९ : ३९
बुधबार, २१ फागुन २०७६

अक्षय कुमारको फिलम सूर्यवंशी सन् २०२० को बहुप्रतिक्षित फिल्ममा सूचीमा समावेश छ । यसले ट्रेलरले जुन प्रतिक्रिया पाइरहेको छ, त्यो हेर्दा पनि सूर्यवंशीलाई प्रशंसकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको भनेर बुझ्न सकिन्छ ।

अक्षय कुमारले ट्वीट गरेर एउटा भिडियो सेयर गरेका छन् जसमा फिल्मको ट्रेलरले २४ घण्टाभित्र ४ करोड २० लाख भ्यु पाएको जानकारी दिएका छन् । अक्षयले ट्रेलरलाई हात फैलाएर स्विकार गरेकोमा प्रशंसकलाई धन्यवाद दिएका छन् ।

सूर्यवंशीको ट्रेलर सोमबार रिलिज गरिएको थियो । यसका लागि मुम्बईमा कार्यक्रमको आयोजना गरिएको थियो जसमा अक्षय कुमार, कट्रिना कैफका साथै अजय देवगन र रणवीर सिंह पनि समावेश भएका थिए । यी दुई सूर्यवंशीमा ‘स्पेशल अपियरेन्स’ गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म सूर्यवंशीको ट्रेलरले ५ करोड १८ लाख भ्यू पाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप