शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

बुधबार, २१ फागुन २०७६, १६ : ५४
बुधबार, २१ फागुन २०७६

चितवन । मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ । 

प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ  कसुरमा मुद्दाहरु दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैंकिङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । 

यस्तै  आव ०७४÷७५ मा बैंकिङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैंकिङ कसुरका मुद्दाहरु बढ्दै गएको बताए । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो । 

जिल्लामा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप