मारुनी चलचित्रले बेलायातवासी नेपालीको मन जित्यो
लन्डन । मारुनी चलचित्र प्रदर्शनको शिलसिलामा बेलायत आएका नायिका साम्राज्ञी राज्यलक्ष्मी र निर्माता पुनम क्षेत्री गौतम बेलायतवासी नेपालीहरुको माया, साथ र सहयोगबाट दङ्ग परेका छन् ।
स्थानीय व्यवसायी एवं गैर आवासीय नपाली संघ यूकेका उपाध्यक्ष समेत रहेका सुनिल बाबु खड्का तथा चितवन एड ट्रष्ट यूकेद्वारा चलचित्र प्रदर्शनीको संयोजन गरिएको थियो ।
बेलायतको अल्डरसट र वुल्वीचमा प्रदर्शन गरिएका दुई शोमा उत्साहजनक सहभागीता रहेको बताउँदै पुनमले सबैलाई धन्यबाद पनि दिएकी छन् । चलचित्रको विषयबस्तुलाई दर्शकहरुले मजासँग रुचाएको पनि उनले बताइन् ।
मारुनीले समसामयिक विषयबस्तुलाई समेटेको र हाल नेपाली समाजमा चलेको बहसको सामाजिक र मानसिक पाटोलाई उजागर गरेको डा. मीन रानाभाटको धारणा छ । ठेट नेपाली भाषाको प्रयोग गरिएकोले नेपाली भाषा, कला तथा साहित्यलाई संरक्षण गर्न चलचित्र सफल रहको रानाभाटले बताएका छन् ।
नवल नेपालको निर्देशन रहेको चलचित्र मारुनीले स्वदेशमा पनि राम्रै प्रशंसा बटुलेको छ । फिल्ममा साम्राज्ञीको राज्य लक्ष्मी शाहका साथै रेविका गुरुङ, पुष्पल खड्का लगायतको मुख्य भूमिका रहेको छ । तेस्रो लिंगीको कथावस्तुमा आधारित उक्त चलचित्र फरक शैलिको भएकाले पनि दर्शकहरुको मन तान्न सफल भएको हो ।
चलचित्र मारुनीको कथावस्तु मन परेकै कारण आफूले मारुनीमा अभिनय गरेको बताउने सम्राज्ञी चलचित्रबाट पूर्ण रुपमा सन्तुष्ट रहेको बताउछिन । तेस्रो पटक बेलायत आइपुगेकी सम्राज्ञी प्राय व्यस्त हुने भएपनि यसपटकको भ्रमणमा भने निकै रमाइलो गरेको बताउँछिन् । चलचित्र प्रदर्शंपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी तथा निर्माता पुनम अहिले नेपाल फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण