रिचार्जर एपमा होलीको टीसर्ट १ रुपैंयाँमा
काठमाडौं–मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैंयामा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ ।
रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैंयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ ।
रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ । १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिङ्ग, इसेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ ।
ग्याजेटस् तथा ईलेक्ट्रोनिक्स सामानहरु रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । रिर्चाजरले ‘नेपाली लाई नेपाल घुमाउने’ नाराका साथ सस्तो मुल्यमा टुर प्याकेज साथै हेलि राईड उपलब्ध गराईरहेको छ । पोखराको साईड सिन हेलिकप्टर बाट ५ हजार ९९९ रुपैयाँमा मात्र उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
रिचार्जर एपमा मेबाईल, ल्यापटप, टिभी, फ्रिज किस्तामा र टुर प्याकेज ब्राण्डेड सामानहरु सुपथ मुल्यमा किन्न सकिन्छ । काठमाडौं उत्पत्यका भित्र नाईट फुड एण्ड ड्रिंकस् सर्भिस बेलुकी ६ बजेदेखि बिहान साढे ३ बजे सम्म अर्डर गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण